पाक्योङमा आयुर्वेद स्वास्थ्य सिविर

IMG-20241029-WA0316

पाक्योङ: स्वास्थ्य एवं परिवार कल्याण विभाग पाक्योङ जिल्लाले राष्ट्रिय आयुष मिसनअन्तर्गत नवौं आयुर्वेद दिवसको उपलक्ष्यमा एक दिने स्वास्थ्य शिविरको आयोजना गऱ्यो। उक्त शिविर पात्योङ जिल्ला प्रशानिक केन्द्रमा भएको थियो। शिविरले विश्वव्यापी स्वास्थ्य लक्ष्यहरूलाई सहयोग गर्दै नसर्ने रोगहरू, जलवायु परिवर्तन र समग्र कल्याणलाई सम्बोधन गर्न आयुर्वेदिक अभ्यासहरू प्रयोग गर्ने आग्रह गरेको थियो। कार्यक्रमको उद्घाटन जिल्लापल रोहन आगवानेले गरेका थिए। शिविरमा आयुर्वेदिक अभ्यासहरूलाई सक्रियता दिने जानकारी दिइयो। स्वास्थ्य जाँचहरू प्रदान गर्दै विभिन्नरोगहरुको पनि उफचार पनि गरिएको थियो। सहभागीहरूले नि:शुल्क आयुर्वेदिक औषधिहरूका साथै आहारविद् र आयुर्वेदिक परामर्शदाताहरूबाट परामर्श प्राप्त गरे। आयुर्वेदिक सिद्धान्त, औषधीय जडीबुटी र जीवनशैलीका अभ्यासहरूबारे जनचेतना जगाउन हरेक वर्ष राष्ट्रिय आयुर्वेद दिवस मनाइन्छ। कार्यक्रममा पाक्योङ जिल्लाका प्रमुख चिकित्सा अधिकारी डा. मदनमणि ढकाल, डा. कुलजन लामा, पाक्योङ जिल्ला कार्यालयका कर्मचारी, पाक्योङ पीएचसीका स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement