नाबलिकको बलत्कारपछि हत्याको आरोपी न्यायालयद्वारा दोषी प्रमाणित सजाय घोषणा ३१ अक्टोबरमा हुने

IMG-20240821-WA0077

गान्तोक: गत वर्ष २०२३ को अप्रेल महिनामा एक नाबालिकासँग दुष्कर्म गरेपछि हत्या गरेको आरोपीलाई हिजो न्यायलयले दोषी प्रमाणित गरेको छ। न्यायालयले दोषीविरुदध ३१ अक्टोबरमा सजाय सुनाउनेछ। आरोपीलाई हिजो न्यायालयले दोषी प्रमाणित गरिसकेको छ भने ३१ अक्टोबरमा उनलाई सजाय सुनाउने मिति तय भएको छ। उल्लेखनीय छ, गत वर्षको अप्रेल महिनामा राजधानी निवासी एक विद्यार्थीलाई घर पुऱ्याउँछु भन्ने वहना गरेर दोषी चालक प्रितम शर्माले पाङथाङको सुनशान स्थानमा लगेर दुष्कर्म गरेपछि हत्या गरेका गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडे लेप्चाले आज जानकारी गराएका हुन्। उनले सिच्छेस्थित उनको कार्यालयमा आयोजित पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा आरोपीलाई भोलि न्यायालयले सजाय सुनाउने बताए। पुलिसले आरोपीलाई सजाय र पीडित परिवारलाई न्याया दिलाउनको निम्ति कुनै कसर बाँकी नराखी काम गरेको जानकारी गराए। एउटा सानो भन्दा सानो कुरालाई पनि गम्भीर भएर छानबीन गरेको र ९० दिन भन्दा अघि नै न्यायालयमा चार्जशिट बुझाएको अवगत गराए। यस घटनालाई गम्भीरतापूर्वक लिँदै काम गर्न जुटेका सबै पुलिस अधिकारीहरूको इमान्दार र कडा मिहेनतको कारण आरोपीलाई दोषी प्रमाणित गरिएको हो भन्ने भनाइ छ। उक्त घटना ११ अप्रेल २०२३ हो, जुन दिन नाबालिका घरबाट हराएको सूचना सदर थानामा गरेको थियो। पुलिसले १४ अप्रेलको दिन शव फेलापारेपछि मुद्दा दर्ता गर्दै खोजी अभियान शुरू गरेको बताए। पुलिसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै ७२ घण्टाभित्र आरोपीलाई पक्राउ गरेको थियो। विशेष गरेर पुलिस शंकास्पद ठाउँको सीसी क्यामेराहरू जाँच गरेपछि दुकीपान दोकान नजिकको सीसी क्यामेरा हेर्दा केही प्रमाण प्राप्त भएको र त्यसलाई नै अनुशरण गर्दै जाँदा आरोपीको पत्ता लगाउनको साथै पक्राउ गर्न सफल बनेको बताए। त्यसबेला विभिन्न संघ संस्थाहरूले न्यायको निम्ति गुहार लगाउनको साथै मृतकको चिर आत्मा शान्तिका लागि प्रार्थना सभा आयोजना गरेको लेप्चाले जानकारी गराए। पुलिसले आरोपीलाई सजाय दिलाउन प्रमाण जुटाउनको निम्ति कुनै कसर बाँकी नराखेको उनले अवगत गराए। यस घटनाको अपडेटबारे राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि चिन्हित रहेको र उनले बारम्बार सम्पर्क गरेर न्याय प्रक्रियाको अपडेटबारे जानकारी लिने गरेको बताए। यस मुद्दालाई विलम्ब नगर्ने उद्देश्यले फास्ट ट्र्याक कोर्टमा मुद्दा चलाइएको हो। कुनै पनि मुद्दा विलम्ब हुन गएमा प्रमाण साथै साक्षीहरूको कमी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस मुद्दालाई फास्ट ट्र्याकमा चलाइएको जानकारी गराए। मृतक साथै पीडित परिवारालाई न्याया दिलाउनको निम्ति पुलिसका उच्च ओहदामा रहेका अधिकारीहरूले पनि धेरै सहयोग पुऱ्याउनको साथै मार्गनिर्देश दिएको उनले जानकारी गराए। यसरी सबैतिरबाट पूर्णरूपमा सहयोग र साथ पाएपछि यस मुद्दालाई अघि बढाउनको निम्ति छानबीनको क्रममा जुटेका अधिकारीहरूको मनोबल बढेको र अति नै इमान्दारपूर्वक काम गरेको बताए। राज्यम यस प्रकारको घटनामा कमै आरोपीले अहिलेसम्म सजाय पाइसकेको र धेरै जना आरोपी प्रमाणको अभावमा न्यायालयले निर्दोष प्रमाणित गरेको पनि उल्लेख गरे। यस घटनालाई यहाँसम्म पुऱ्याउनको निम्ति सदर थानाका आइओ लगायत सम्वन्धित निकायका सबै अधिकारीहरूले सहयोग पुऱ्याएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement