गान्तोक: गान्तोक जिल्ला आपदा प्रबन्धन प्राधिकरणले आज स्थानीय देउराली रोपवेमा रोपवे आपदा प्रबन्धनबारे मोकड्रिल सफलतापूर्वक सञ्चालन गऱ्यो। मोकड्रिलको लक्ष्य रोपवेमा हुने दुर्घटनाको घटनाबारे संलग्न एजेन्सीहरू र सरोकारवालाहरूको तयारीको समीक्षा गर्नु थियो। यसअन्तर्गत कोहीबेला रोपवेंमा यात्रुहरू फसेको स्थितिलाई समीक्षा गरियो। देउराली ट्याक्सी स्ट्यान्ड र नामनाङ बिगबजार नजिकै रोपवेको क्याबिन अड्किएको नक्कली घटनाबारेमा नियन्त्रण कक्षलाई जानकारी गराएपछि बिहान ९ बजे मोकड्रिल शुरु भएको थियो। कन्ट्रोल रुमले नेश्नल डिजास्टर रेस्पोन्स फोर्स, स्टेट डिजास्टर रेस्पोन्स फोर्स, सिक्किम फायर एण्ड इमर्जेन्सी सर्भिस, एसटीएनएम अस्पताल, र वन विभागसहित सबै सम्बन्धित एजेन्सीहरूलाई अलर्ट गरेको थियो। देउराली र अप्पर स्यारी र देउराली ट्याक्सी स्ट्यान्ड चालक संघलाई पनि सचेत गराइएको थियो। यसबारे तुरुन्तै प्रतिक्रिया दिँदै एसडीआरएफ र सिक्किम फायर एण्ड आपतकालीन सेवा टोलीहरू घटनास्थलमा पुगे र स्थितिलाई नियन्त्रणमा लिएका थिए। आवश्यक परेमा तत्काल सहयोग उपलब्ध गराउन एसटीएनएम अस्पतालको मेडिकल टोलीद्वारा रोपवे साइट नजिकै मेडिकल शिविर स्थापना गरिएको थियो। देवराली ट्याक्सी स्ट्यान्ड चालक संघले आफ्नो एम्बुलेन्स तयार पारेको थियो।

एसडीएफले दामोदर रोपवे र इन्फ्रा लिमिटेडद्वारा प्रदान गरिएको विशेष उपकरणहरू प्रयोग गरेर उद्धार शुरु गरेको थियो। सञ्चालन सुचारु रूपमा अगाडि बढ्उन र निर्धारित समयभित्र, सबै यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गरी मेडिकल शिविरमा लगिएको थियो। यसपछि, एनडीआरएफ टोलीले आवश्यक कुनै पनि अतिरिक्त उद्धार कार्यलाई सहयोग गर्न रोपवेको उच्चतम बिन्दु नामनाङ बिग बजारमा आइपुगेरोक थियो।










