लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ। यसअघि उनी समूहको उपमहासचिव थिए। यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए। हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको छ। हालै इजरायली आक्रमणमा हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरू मारिएका छन्। हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए।









