ब्रिटेनमा प्रधानमन्त्री बन्ने दौड़मा ऋषि सुनकको भीडियो भाइरल

नयाँ दिल्ली: ब्रिटेनमा प्रधानमन्त्री बन्ने दौड़ आफ्नो अन्तिम चरणमा छ। पत्नी अक्षताको साथ गौपूजा गर्दै गरेको ऋषि सुनकको भीडियो पनि खूबै भाइरल भइरहेछ। भारतीय मूलका ऋषि सुनक ब्रिटिश प्रधानमन्त्री बन्ने दौड़मा छन्। प्रधानमन्त्री बोरिस जनसनको मन्त्रीमण्डलमा वित्त मन्त्री रहेका ऋषि अब जनसनको उत्तराधिकारी बन्ने होड़मा सामेल भएका छन्। उनको सामना ब्रिटेनकी विदेश मन्त्री लिज ट्रससित छ। सत्तारूढ़ कन्जरवेटिभ पार्टीले ५ सेप्टेम्बरमा अन्तिम रूपमा नयाँ नेताको चुनाव गर्नेछ। सुनक कन्जर्वेटिभ पार्टीका कार्यकर्ताहरूको भोट पाउने प्रयासमा जुटेका छन्।

सुनकलाई भारतवंशीहरूको भरपूर समर्थन पनि प्राप्त भइरहेछ। उनले कृष्ण अष्टमीमा ब्रिटेनको एक मन्दिरमा गएर कृष्ण पूजाको फोटो स्वयं ट्वीट गरेका थिए। त्यसपछि अब सुनकका समर्थकहरूले एक भीडियो सोशल मीडियामा साझा गरेका छन्, जसमा उनी आफ्नी पत्नीको साथ गाईको पूजा गर्दै गरेको नजर आइरहेका छन्। उनका समर्थकहरूले लेखेका छन्, ‘सुनक त्यस परम्पराको पालन गरिरहेका छन्, जसमा गाई र बाछाको पूजा गरी मनोकामना मागिन्छ’। भाइरल भीडियोमा सुनक आफ्नी पत्नी अक्षताको साथ गाईको आरती गर्दै गरेको देखिएका छन्। उनले गाईलाई जल अर्पित गरी मन्त्रोच्चारबीच आशीर्वाद लिन्छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement