खरसाङ: खरसाङको वार्ड नम्बर ७ अन्तर्गत लोवर शेर्पा बस्तीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाद्वारा सार्वजनिक भवनको उदघाटन गरिएको छ। वार्ड नम्बर ७ को लोवर शेर्पा बस्तीको ग्राम सुधार समिति समाजको सार्वजनिक भवन खरसाङ अभियान्त्रिकी विभागबाट निर्माण गरिएको सार्वजनिक भवन निर्माण कार्यपछि जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा क्षेत्रीय सभासद एंव खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले रिबन काटेर उदघाटन गरेका छन्। उक्त सार्वजनिक भवन उदघाटन कार्यक्रमलाई ग्राम सुधार समिति लोवर शेर्पा बस्तीको सभापकि युएस तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख अनित थापा उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, समाजको सचिव किशोर थापा लगायात खरसाङ अभियान्त्रिकी विभाग र विद्युत् विभागको अभियन्ताहरू उपस्थित रहेका थिए। कार्यक्रममा समाजको तर्फबाट जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई सम्मान पनि जनाइएको थियो। प्रितमकुमार छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण समाजको सह सचिव रेखा राईले राखेका थिए। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा आफ्नो सम्बोधनमा क्षेत्रीय सभासद श्याम शेर्पाले अनित थापा छन् र नै हामी छौं भनी बताएका छन्।

उनले यस सार्वजनिक भवनको निर्माण कार्य शान्तिपूर्ण रूपमा भएको बताउँदै पहाड़ पनि शान्तिपूर्ण अवस्थामा भएको कारणले नै विकासको कार्यहरू लगातार रूपमा भईरहेको बताएका छन्। सभासद श्याम शेर्पाले हाम्रो लागि आजको दिन ऐतिहासिक रहेको बताउँदै जीटीए प्रमुखबाट यस्तै कार्यको आशा रहेको र उनको आशिर्वाद हामीमाथि यसरी नै सदैव बनिरहेको होस् भनी बताएका छन्। कार्यक्रममा समाजको सभापति युएस तामाङले पनि वक्तव्य राखेका थिए।










