पहिला खरसाङमा पर्यटकहरू आउँदैन थिए तर अहिले खरसाङमा पर्यटन व्यवसाय राम्रोसितले फैलिएर गएको छ: अनित थापा

IMG-20241029-WA0272

खरसाङ: पहिला खरसाङमा पर्यटकहरू आउँदैन थिए तर अहिले खरसाङमा पर्यटन व्यवसाय राम्रोसितले फैलिएर गएको छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज खरसाङमा बताएका छन्। आज खरसाङको वार्ड नम्बर ७ अन्तर्गत लोवर शेर्पा बस्तीमा सार्वजनिक भवनको उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले खरसाङमा धेरै ठूल्ठाला हलहरू निर्माण भएको छ अनि बाटो घाटोहरू पनि निर्माण भएको छ र राम्रो राम्रो होटलहरू पनि बनिएकोले पर्यटन व्यवसाय फैलिएको गएको बताएका छन्। अनित थापाले खरसाङमा पहिला पर्यटकहरू आउँदैन थियो किनभने पर्यटकहरू बस्ने राम्रो होटल थिएन तर अहिले राम्रो होटलहरू बनिएकोले पर्यटकहरू बस्ने गरी आउने गरेको र पर्यटन व्यवसाय फैलिएर गएको बताएका छन्। उनले खरसाङ राम्रो स्थान रहेको बताउँदै खरसाङ सिलगढीबाट सबैभन्दा नजिकको ठाउँ हो भनी बताएका छन्। उनले हामी सबै सकरात्मक सोचेर राम्रो काम गर्दै जानुपर्छ भन्दै खरसाङमा सबैले मलाई चिन्नुहुन्छ र मलाई लगातार साथ पनि दिईरहनु भएको बताएका छन्। थापाले सबैभन्दा मुख्य हाम्रो सोचमा परिवर्तन हुनुपर्छ अनि हामी सदैव सकरात्मक र व्यववहारिक रूपमा अघि बढ्नुपर्छ भनी आह्वान् गरेका छन्। अनित थापाले आफ्नो सम्बोधनमा भने, ‘मानिसहरू यति नकरात्मक छन् कि बेसी पानी पर्दा पनि अनित थापालाई दोष, बेसी घाम लाग्दा पनि अनित थापालाई दोष दिन्छन्। तर म यसलाई नकरात्मक होइन सकरात्मक लिएर अघि बढ्छु कारण मानिसहरूको एउटै आशा बनेको छ अनित थापा। चुनावमा हार भए पनि काम गर्न छोड्नु हुँदैन। किनभने लोकतन्त्रमा सबैले आफ्नो विचार र इच्छा व्यक्त गर्न पाउँछन्। मैले पनि लोकतन्त्रमा चाहेको त्यही हो।’
आफ्नो सम्बोधनमा अनित थापाले अघि भने, ‘लोवर शेर्पा बस्तीमा सार्वजनिक भवन निर्माणको लागि तपाईहरू सबैले मलाई लगातार रूपमा भनिरहनु भएको थियो। म सभासद हुँदा नै यसको लागि निवेदन गरिएको थियो र म जीटीएको चेयरम्यान हुँदा पनि तपाईहरू लगातार रूपमा म भएकोमा आईरहनु भएको थियो र आज आएर तपाईहरूको सपना पूरा भएको छ। आज धन्तेरसको दिन राम्रो दिनमा यो सार्वजनिक भवनको उदघाटन गरिएको छ। तर यसलाई संरक्षण गरेर तपाईहरू सबैको कर्तव्य हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement