पटका पड्काउने र जुवाजन्य खेल खेलाउनेको सूचना दिन मोरङ प्रहरीको अनुरोध

IMG-20241029-WA0265

रंगेली: मोरङ प्रहरीले उज्यालोको पर्व तिहार र छैठमा पटका पड्काउँदा दिर्घरोगी नागरिक र बालबालिका पनि हुन्छन् भनेर सोचिदिन आग्रह गरेको छ। तिहार र छैठ पर्व सुरक्षा निगरानीमा गरिएको कडाईका विषयमा जानकारी दिदैं मोरङ प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले मुटु रोगी तथा बालबालिकाका लागि पटका पड्कदाँ हुनसक्ने त्रासदीपूर्ण अवस्था र बारुदजन्य वस्तुको धुँवाले पार्नसक्ने असरलाई सबैले ख्याल गर्नुपर्ने बताएका हुन्।
उनले तिहारमा लक्ष्मीपूजा गर्दा सुरक्षा जोखिमलाई ख्याल गर्नका लागि पनि अपिल गरेका छन्। बिजुली बत्तीमा हुनसक्ने जोखिम, घरमा दिवापलीपछि लक्ष्मीपूजापछि सहजै कोठामा अन्य व्यक्ति पुग्नसक्ने भए ध्यान दिनका लागि अनुरोध गरिएको छ। संस्थागत रुपमा खेलिने देउसीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर त्यहाँ निर्धारण भएको समय तालिकालाई अपनाउन अनुरोध गरिएको छ। बाँकी देउसी भैलो १० बजेसम्म खेल्नुपर्ने प्रहरीले बताएको छ।
कुनैपनि जुवाजन्य खेल खेलिरहेको सूचना प्रहरीलाई प्राप्त भए तत्काल नियन्त्रणमा लिने बताउँदै भने; ‘सडकमै डाइस (पासा, लङगुर बुर्जा) खेलाउन पूर्ण बन्देज छ। प्रहरीले सोमबार मात्रै आठ स्थानबाट डाइस नियन्त्रणमा लिइएको छ। यसैगरी लागुऔषध नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा डग स्निफिङ्ग (कुकुर) परिचालन गरिने भएको छ। सीमावर्ती नाकासहित विभिन्न स्थानमा कुकुरसहितको आकस्मिक चेकजाँच गरिने भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement