उपाधि हामीले जित्ने प्रतिज्ञ गरिन कप्तान एन्जिलले

IMG-20241029-WA0264

काठमांडू: राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन्।
फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश विरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन्। उनले अहिलेको आफूहरुको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौं हामी जित्छौं भन्ने नारा नै’ रहेको प्रष्ट पारिन्। उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न छ। हाम्रो टिम बण्डिङ पनि राम्रो छ।’

About Author

Advertisement