राजस्थानको राजबाडीको ढाँचामा पूजाको पण्डल

Capture2-17

सिलगढी: काली पूजाको अब दुई दिन मात्रै बाँकी छ। सिलगढीको उल्का क्लबले राजस्थानको राजबाडीको धरतीमा पूजा मण्डप बनाएर फेरि चकित पार्ने भएको छ। यो वर्ष उनको पूजा ४७औं वर्षमा प्रवेश गर्दैछ। पूजाको तयारी भइरहेको छ। प्रत्येक वर्ष काली पूजामा सिलगढीको उल्का क्लबले नयाँ थिममा पूजा मण्डप बनाएर शहरवासीहरूको ध्यान आकर्षित गर्दछ। यो वर्ष ४७औं वर्षमा उनीहरुको नारा एक टुक्रो राजस्थान रहेको छ। पूजा अवधिमा मेदिनीपुरका समाजसेवा र कलाकारहरुको सहभागितामा विशेष सांस्कृतिक कार्यक्रम गरिने छ। हरेक पटक झैं यस वर्ष पनि उनको पूजाले नगरवासीको ध्यान आकर्षित गर्ने आयोजकको अपेक्षा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement