गोराबारीको पुनर्निमित सार्वजनिक भवनको उदघाटन

सोनादा: दागोपाप कालमा निर्मित गोराबारीको पुरानो सार्वजनिक भवनलाई जीटीएद्वारा ४३ लाख धनराशिको लागतमा पुनर्निर्माण गरिएपछि आज विधिवत उदघाटन गरियो। पुनर्निर्माण भवनको उदघाटन मुख्य अतिथिको रुपमा उपस्थित टुङ-सन्तमेरिज समष्टिका सभासद तथा जीटीए पर्यटन साथै पुल अनि परिवहन विभागका एमओडी नुरी शेर्पाको बाहुलीद्वारा गरियो। भागोप्रमो गोराबारी शाखाद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सोनादा-पचेङ समष्टिका सभासद तथा जीटीए सूचना एवं सांस्कृतिक साथै सिंचाइ एवं जलमार्ग विभागका भारप्राप्त सभासद अनोश थापा लगायत अन्य अतिथिहरुमा सोनादा आउट पोस्टका एसआई मित्र देवान अनि एएसआई फुर्बा पाखरिन साथै सुकेपोखरी खण्डका विभागीय अभियान्ता विनोद शर्मा आदि उपस्थित रहेका थिए। भागोप्रमो गोराबारी शाखाका सभापति गोविन राईको अध्यक्षतामा आयोजित कार्यक्रमबीच सभासदद्वयलाई शाखाको पक्षबाट सभापति गोविन राई अनि सचिव जीवन थापाको बाहुलीद्वारा कृतज्ञता पत्र प्रदान गरेर सम्मान जनाइयो। शिक्षक यौवन थापाद्वारा स्वागत वक्तव्य राखिएको कार्यक्रमलाई मुख्य अतिथि सभासद नुरी शेर्पा, सभासद अनोश थापा, एसअाई मित्र थापा अनि अभियन्ता विनोद शर्माले पनि सम्बोधन गरे। शिक्षक ललित मुखियाद्वारा सञ्चालित कार्यक्रममा स्थानीय बालबालिकादेखि युवा साथै आमा समूहद्वारा विविध रंगारंग कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा टुङ-सन्तमेरिज समष्टिका प्रतिनिधि दिपेश तामाङ, फुर्बा तामाङ लगायत अन्य प्रतिनिधिहरु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement