काठमांडू: रास्वपा सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीसहित ५१ जना नेता-कार्यकर्ता पक्राउ परेका छन्। प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन्।










