देवानगञ्जमा शुभकामना कार्यक्रम

IMG-20241029-WA0257

सुनसरी: जनता समाजवादी पार्टी नेपाल देवानगञ्जले देवानगञ्ज गाउँपालिकामा शुभ दिपावलि, छठ, समाचकेवा सहितकाे शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरि भब्यताका साथ सम्पन्न भएकाे छ। जसपा नेपालका नेता कार्यकर्ताले कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान गर्दै मन्तब्य राखेका थिए। मधेशी, मुस्लिम, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र समुदायको तथा अवाज विहिन भएका जनताकाे अबाज सदैव जसपा पार्टीले उठाएकाेले समावेशी , संघीयता सहितको संविधान आएको चर्चा वक्ताहरूले गरेको जनाएको छ। नेपालकाे आठ जिल्ला भए पनि विश्वलाई ईतिहासमा मधेश प्रदेश नामाकरण गरि चिनाउन सफल भएको र सबै समुदायको युवाले समावेशी काेटा भए पछि खुला र काेटा दुवैमा प्रवेशकाे बाटो पाएका पार्टीको सुनसरी अध्यक्ष भगिरथ खत्वेले बताए। खत्वेले जनताको एक मात्र पार्टी जसपा नै हाे भन्दै अझै आफुहरु संघर्षमै रहेकाेले सबैसंग हातेमालो गरि पार्टीमा आवद्ध भई अगाडि बढनु पर्ने धारणा राखेका थिए। देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता सहितको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अथिति जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादब रहेका थिए। प्रमुख अतिथि यादवले देशकाे विकास र समृद्धिका हरेक क्षेत्रमा सुशासन र पार्दशिता हुन जरुरी रहेको बताए। यादवले देशमा ठूला दलहरूले संघियता र समावेशी सहितको उपलब्धिलाई मास्न गठबन्धन गरेको टिप्पणी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement