उन्नति सहकारीमा सांसद पुत्रकोबदमासी, सवा करोड अनियमितता

IMG-20241029-WA0256

झापा: सांसद पुत्रले बदमासी गर्दा झापाको शिवसताक्षी नगरपालिकामा रहेको एक सहकारी संकटमा परेको छ।
सुमन खनाल अध्यक्ष रहेको शिवसताक्षी नगरपालिका ३ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था संकटमा परेको हो। खनाल झापाको क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित एमाले प्रदेश सांसद राधाकृष्ण खनालका छोरा हुन्।
सुमनको अग्रसरतामा २००५ सालमा खुलेको यो सहकारीमा स्थापनाकालदेखि उनी आफैं अध्यक्ष छन्। सहकारीको रकम हिनामिना गर्दा नक्कली ऋणी पनि खडा गरेर ऋण लगानी गरेको देखिएको थियो।
आर्थिक वर्ष २०२१/२०२२ मा रमेश अधिकारीको नाममा १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको देखाइएको थियो। तर सो ऋण नै नक्कली रहेको पालिकाले गठन गरेको छानबिन समितिले पत्ता लगाएको थियो।
उन्नतिमा सर्वसाधारणको १ करोड ३८ लाख भन्दा बढी बचत अपचलन भएको छ। सर्वसाधारणको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष खनाल गत २१ अक्टूबरदेखि प्रहरी हिरासतमा छन्। प्रहरीले सो सहकारीका व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार यो सहकारीको बचत अपचलनमा अध्यक्ष खनाल र व्यवस्थापक मित्रलाल भट्टराईको मिलेमतो छ। भट्टराई पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाबाट रकम हिनामिना आरोपमा कारबाहीमा परेका व्यक्ति हुन्। पूर्व नेपालबाट निकालिएपछि उनी उन्नतिमा पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी डिएसपी कृष्णकुमार चन्दका अनुसार सहकारीका व्यवस्थापक भट्टराई सोमबार झिलझिलेबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालयमा ३७ जनाले बचत फिर्ताको माग सहित उजुरी दिएका छन्। यो संख्या बढ्दो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement