जलपाईगढी: काली पूजा, भाई टीका, भाईफुटा (भाई दुज) आउन लागेको छ, तर जलपाईगढीमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। सब्जीदेखि माछा, मासु र अण्डासम्म ग्राहकलाई महँगो परिरहेको छ। जाडो मौसम शुरु भए पनि सब्जीको महँगो मूल्य घटेको छैन। जलपाईगढी इन्दिरा गान्धी कालोनी, दिनबजार स्टेसन मार्केट, बोयलखाना मार्केट लगायतका बजारमा सब्जीको आपूर्ति कम भएको बिक्रेताले बताएका छन्।

मानिसले खेतीयोग्य जमिनमा चियापत्ती उत्पादन गरिरहेका छन्। फलस्वरूप सब्जी उत्पादन कम हुने भएकाले बजारमा सब्जीको मूल्य महँगो छ। दुर्गा पूजा सकिए पनि जलपाईगढी बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आगोलागी भएको छ। आम जनता समस्यामा परेका छन्। जलपाईगढीको बजारबाट सब्जी, माछा, मासु र अण्डा किन्न मानिसहरूलाई कठिनाइ भइरहेको छ र तिनीहरूको जेब खुकुलो हुँदैछ। मध्यमवर्गीयलाई परिवार चलाउन गाह्रो भएको छ।











