जलविद्युत् बाँधमा डुबेर एकजना व्यक्तिको मृत्यु

IMG-20240629-WA0057-copy-9

फिदिम: पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ मा रहेको जलविद्युत् बाँधमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ।पाँचथरको हिलिहाङ गाउँपालिकाका ४९ वर्षीय कृष्ण तामाङलाई पाँचथर हाइड्रोपावर कम्पनीको बाँधमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।आइतबार हिलिहाङ गाउँपालिका वडा नम्बर ७ बाट घर निस्किएका तामाङ घर नफर्केपछि परिवारले खोजी गर्न थालेका थिए।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इन्सन्पेक्टर रुपेश तामाङका अनुसार बाँधमा डुबेको अवस्थामा उनको शव फेला परेको हो, र परिवारले यसबारे प्रहरीलाई सूचित गरेको थियो।घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement