काठमांडू: आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ।
नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ।