मणिपुर: हतियार सहित यूएनएलएफ (पी)का आठजना उग्रवादी पक्राउ

Screenshot_20241029_135648_Chrome

इम्फाल: पुलिसले मणिपुरको थौबल जिल्लाबाट प्रतिबन्धित संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ मणिपुर (पी)- का आठजना सदस्यहरूलाई पक्राउ गरेको छ। यिनीहरूको कब्जाबाट हतियार र विस्फोटक पनि जफत गरिएको छ।
पुलिसले आज बतायो, थौबल जिल्लामा मानिसहरूलाई धम्काएको, भूमि सीमांकन प्रक्रियालाई बाधित गरेको आरोपमा यूएनएलएफ (पी)-का सदस्यहरूलाई पक्राउ गरियो भने यिनीहरूको कब्जाबाट तीनवटा एके ४७ राइफल, दुईवटा एके ५६ राइफल, एक एम-१६ राइफल, एक ९ एमएम पेस्तोल, १४७ एके ४७ कारतूस, २० एम-१६ कारतूस, २५ पीस ९ एमएम कारतूस, १६ वटा मोबाइल ह्याण्डसेट औ एउटा एसयूभी जफत गरियो।
यसैबीच अर्को एउटा घटनाको बारेमा पुलिसले बतायो, गत सोमवार बिहान राजभवनदेखि लगभग १०० मीटर दूरीमा अवस्थित जीपी महिला कलेजको गेटमा एउटा ग्रेनेड भेटियो जसले गर्दा मानिसहरूमा सन्त्राष फैलियो। ग्रेनेड रहेको सूचना पाएपछि पुलिसले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गऱ्यो। सुरक्षा बलहरूद्वारा व्यापक रूपमा अभियान संचालन गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement