वानखेड़े स्टेडियममा असल रहेको छ भारतको रेकर्ड

IMG-20241029-WA0146

मुम्बई: न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजको तेस्रो तथा अन्तिम म्याच बचाउनको निम्ति टीम इण्डिया १ नोभेम्बरमा मुम्बईको वानखेड़े स्टेडियममा ओर्लिनेछ। भारतीय टीमले पहिलो दुईवटा म्याच हारेर सीरीज अगावै गुमाइसकेको छ, जुन भारतीय टीमको घरेलु मैदानमा १२ सालपछि पहिलो टेस्ट सीरीज हार हो। अब रोहित शर्माको कप्तानीमा रहने टीमको मुख्य लक्ष्य क्लीन स्वीपबाट बाँच्ने हुनेछ। भारतले अहिलेसम्म घरेलु मैदानमा ३ या त्यसभन्दा अधिक म्याचको सीरीजमा क्लीन स्वीपको सामना गर्नु परेको छैन। दक्षिण अफ्रिकाले चाहिँ भारतलाई २ वटा म्याचको सीरीजमा २-०-ले पराजित गरिसकेको छ। बेंगलुरु र पुणेमा म्याच खेलेपछि दुवै टीम अन्तिम टेस्ट म्याचको निम्ति मुम्बई पुग्नेछ। अब भारतीय टीमको मान-सम्मान तेस्रो टेस्टको नतीजामाथि निर्भर रहनेछ। वानखेड़े स्टेडियममा भारतको रेकर्ड राम्रो रहे पनि असाधारण चाहिँ छैन। यस प्रतिष्ठित स्थलमा भारतले १९७५ पछि २६ वटा टेस्ट म्याच खेलेर १२ वटा जितेको छ। यसबाहेक भारतले ७ वटा म्याच हारेको छ जबकि ७ वटा टेस्ट ड्र रहेको छ।
भारतले वानखेड़ेमा गत ५ वटा टेस्ट म्याचमा केवल एउटा हारेको छ। साल २०१२-को टेस्ट सीरीजमा भारतले वानखेड़ेमा ईंग्ल्याण्डविरुद्ध म्याच गुमाएको थियो। त्यसपछि भारतले घरेलु माटोमा लगातार सीरीज जितिरहेको थियो। वानखेड़े स्टेडियमसँग केही ठूलो रेकर्ड पनि जोड़िएको छ। यस स्थलमा अन्तिम टेस्ट म्याच पनि भारत र न्यूजील्याण्डबीच नै खेलिएको थियो। दिसम्बर २०२१- मा खेलिएको त्यस टेस्ट म्याचमा एजाज पटेलले भारतको पहिलो ईनिंग्समा जम्मै १० विकेट लिएर इतिहास रचेका थिए। उनी एउटा ईनिंग्समा जम्मै १० विकेट लिने न्यूजील्याण्डका पहिलो अनि समग्रमा केवल तेस्रो क्रिकेटर बनेका थिए। एजाजले इतिहास रचे पनि त्यस टेस्ट म्याचमा भारतले ३७२ रनको ठूलो अन्तरले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement