नयाँ दिल्ली: हकी इण्डियाले सोमवार बिहारको नवनिर्मित राजगीर हकी स्टेडियममा ११ देखि २२ नोभेम्बरसम्म हुने एशियन च्याम्पियन्स ट्रफीको निम्ति सलीमा टेटेको कप्तानीमा १८ सदस्यीय भारतीय महिला हकी टीमको घोषणा गऱ्यो। नवनीत कौरलाई टीमको उपकप्तान नियुक्त गरिएको छ। भारतले गत वर्ष राँचीमा भएको आयोजनमा खिताब जितेको थियो तर त्यसपछि टीमको प्रदर्शनमा ह्रास आएको छ। यस महाद्वीपीय प्रतियोगितामा भारतसमक्ष ओलम्पिक रजत पदक विजेता चीन, जापान, दक्षिण कोरिया, मलेशिया र थाईल्याण्डको कड़ा चुनौती हुनेछ। भारतको पहिलो म्याच ११ नोभेम्बरमा मलेशियाविरुद्ध रहेको छ। टीमको चयन अनि टुर्नामेण्टको निम्ति तयारीबारे मीडफिल्डर सलीमाले भनिन्, अझ एउटा ठूलो टुनमिण्टमा टीमको नेतृत्व गर्नु असाधारण अनुभव हुनेछ। हामी गत च्याम्पियनको रूपमा टुर्नामेण्टमा हिस्सा लिनेछौं। यसले टुर्नामेण्टलाई अझ खास बनाउनेछ। हामी असल परिणाम हासिल गर्ने विषयमा आत्मविश्वासी छौं। हाम्रो तयारी राम्रो छ। हामीसँग अनुभवी खेलाड़ीहरू र युवा प्रतिभाहरूका साथ एउटा मजबूत टीम छ। हाम्रो लक्ष्य आफ्नो खिताब रक्षा गर्नु अनि त्यही जोश र दृढ़सङ्कल्पको साथ खेल्नु हो।
भारतीय महिला हकी टीम यसप्रकार छः
गोलकीपरः सविता पूनिया, बिचू देवी खारीबाम
डिफेण्डरः उदिता, ज्योति, वैष्णवी विठ्ठल फाल्के, सुशीला चानू पुखरामबम, इशिका चौधरी
मीडफिल्डरः नेहा, सलीमा टेटे, शर्मिला देवी, मनीषा चौहान, सुनेलिता टोप्पो, लालरेम्सियामी।
फरवर्डः नवनीत कौर, प्रीति दुबे, संगीता कुमारी, दीपिका, ब्यूटी डुंगडुंग