सेमिफाइनलमा पुग्न सफल फ्यूचर स्टार्स स्पोर्टिंग क्लब

photocollage_20241028234210919

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा फ्यूचर स्टार्स स्पोर्टिंग क्लब (सिक्किम)-ले सेमिफाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा सोमवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा फ्यूचर स्टार्स स्पोर्टिंग क्लबले बीएसके सिलगढ़ीविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रोशन सुब्बाले २ र बिरेन राईले १ गोल गरे। यसरी बीएसके-बाट अभिजीत रोय र इन्द्रजीत छेत्रीले १-१ गोल गरे। रोशन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब ३० अक्टोबरमा खेलिने पहिलो सेमिफाइनलमा रेड हर्स फूटबल क्लब (इलाम, नेपाल) र फ्यूचर स्टार्स एससी सिक्किमबीच भिड़न्त हुनेछ। यसरी एकडमी नाइट्स (गान्तोक) र कञ्चनजंघा फूटबल क्लबबीच दोस्रो सेमिफाइनल ३१ अक्टोबरमा खेलिनेछ। जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको यस टुर्नामेण्टको फाइनल ५ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement