नाम्ची: सिटिजन एक्सन पार्टी (क्याप)ले आगामी उपचुनाउको निम्ति पार्टीले उठाएको उम्मेदवारको उम्मेद्वारिता अस्वीकृत भएको विषयमा नाम्ची जिल्लाका जनरल अब्जर्बरलाई भेट्ने भएको छ।क्यापले आज चारधाम अतिथि गृहमा जनरल अब्जर्बरसॅंग भेटको निम्ति अनुरोध गरेको थियो।जनरल अब्जर्बरसॅंग आज नै बैठक हुने निश्चित थियो, तर पार्टीका प्रतिनिधिहरू निर्धारित समयमा उपस्थित नभएपछि बैठक भोलिका लागि स्थगित गरिएको बताइएको छ। क्यापले भोलिको बैठकका लागि अनुरोध गरेको बताइएको छ। बैठक भोलि एसआईआरडी कार्फेक्टारमा हुने भएको छ।








