गान्तोक: विद्या भारती सिक्किमका पूर्व छात्रहरूले विभिन्न गतिविधिलाई सक्रियता दिने तयारी गरेको छ। यसअन्तर्गत पूर्वच विद्यार्थीहरुको पोर्टलमा नाम दर्ता कार्य चलिरहेको छ। विद्या भारतीको यो महत्त्वपूर्ण कार्य पोर्टलमा देशभरिका पूर्व विद्यार्थीहरूको नाम जोड़ने कार्य गरेको छ। तीन अक्टोबरदेखि १२ नोभेम्बरसम्म अभियान चल्नेछ। विद्या भारतीका झण्डै १० लाख पूर्व विद्यार्थी विभिन्न रोजगारी, सरकारी अधिकारी, वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षाविद्, किसान, सेवा कार्य र राजनीतिक क्षेत्रमा सफलताका साथ काम गरिरहेका छन्। संस्थाको मूल्यमान्यता, व्यवहार, देश र समाजको सेवा आदि धेरै कार्यक्रममा चर्चा हुँदै आएको छ। विद्यालयसँग सम्पर्कमा रहेर काम गर्ने तयारी शुरि गरेको छ। एक महाशक्तिका रुपमा पूर्व विद्यार्थीले काम गरिरहेको छ। यो पञ्जीकरण कार्य विद्या भारती सिक्किममा पनि चलिरहेको छ। यस अभियानअन्तर्गत पूर्व विद्यार्थीहरुसंग सम्पर्क गर्ने कार्य तेज गरिएको छ।