सोरेङ: सोरेङ जिल्ला नार्को कोअर्डिनेशनको मासिक समीक्षा बैठक आज बस्यो। अतिरिक्त जिल्लापाल डीआर विष्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न मुद्दामाथि छलफल गरेको छ। बैठकमा सोरेङ जिल्ला पुलिस अधिकारी, जिल्ला प्रशासनिक अधिकारी, कृषि विभाग, कल्याण अधिकारी, स्वास्थ्य र विभिन्न विभागका प्रतिनिधिहरू उपस्थित थिए। बैठकले एनसीओआरडी बैठकको छलफलको समीक्षा गर्योी जहाँ अतिरिक्त जिल्लापालले विद्यालयहरूमा ग्रिभान्स सेल शिरि गर्ने कुरामा जोर दिएको छ। यसबारे शिक्षा विभागीय अधिकारीले पहिलेबाट नै विद्यालयहरूमा उक्त कार्य शुरु भइसकेको जानकारी दिए। साथै, सोरेङ जिल्ला अन्तर्गतका सबै फार्मेसीहरूको नियमित निरीक्षण गर्न आग्रह गरे र यसमाथि सम्बन्धित स्वास्थ्य विभागलाई निरीक्षण गर्ने आदेश दिएको छ। वान स्टप सेन्टर र समाज कल्याण विभागको संलग्नतामा अधिक जोड दिँदै निजी विद्यालयलगायत सबै विद्यालयमा लागुऔषध दुरुपयोगविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।