गान्तोक: आयुर्वेदलाई प्रवर्द्धन गर्न र यसको स्वास्थ्य लाभहरूको बारेमा जागरूकता बढाउने दिशामा भारत सरकारको आयुष मन्त्रालयअन्तर्गत क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थानले आज रन फर आयुर्वेद कार्यक्रम आयोजन गऱ्यो। उक्त कार्यक्रममा क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान गान्तोकका सम्पूर्ण कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। रन फर आय़ुर्वेदमा सहभागीहरूले नरबहादुर भण्डारी सरकारी कलेजको खेल मैदान हुँदै पून संस्थानमा समापन गरेको थियो। यस पहलले जनतालाई आफ्नो दैनिक जीवनमा शारीरिक तन्दुरुस्तीलाई एकीकृत गर्दै स्वास्थ्य र कल्याणको समग्र दृष्टिकोणको रूपमा आयुर्वेदलाई अप्नाउन प्रोत्साहित गरेको छ। अभियानले निवारक स्वास्थ्य सेवा र सन्तुलित जीवनशैलीको महत्त्वमा आयुर्वेदको निर्णायक भूमिकालाई पनि प्रकाश पारेको छ। यस क्षेत्रमा आयुर्वेदको प्रवद्र्धन गर्ने आफ्नो समर्पणको प्रतीकका रूपमा दौड सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूको ऊर्जावान भावना रहेको पनि प्रमाणित गरेको छ।