गान्तोक: पाँच दिवसीय सिक्किम भ्रमणमा आएका भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक के सतीश नम्बुदिरिपादले राज्यको सूचना एवम जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेसँग भेट गरे। यस अवसरमा उनलाई विभागका अधिकारीहरूले स्वागत जनाए। पाँच दिवसीय सिक्किम भ्रमणमा रहेका नम्बुदिरिपादले सचिवसँगको भेटको क्रममा राज्यमा सञ्चार र मिडिया आउटरीचको वर्तमान अवस्थाबारे जानकारी लिए। उनले सिक्किममा मिडिया र सञ्चार गतिविधिहरूको समीक्षा गर्नको लागि सूचना र प्रसारण मन्त्रालयका विभिन्न एकाइहरू, जस्तै दूरदर्शन केन्द्र, आकाशवाणी, र प्रेस सूचना ब्यूरोको भ्रमणबारे जानकारी गराए।