सिम्फेडको ६८औं बोर्ड बैठक सम्पन्न

IMG-20241028-WA0324

गान्तोक: सिक्किम स्टेट कोपरेटिभ सप्लाई एण्ड मार्केटिङ फेडेरेशन लिमिटेड (सिम्फेड) ६८औं बोर्ड अफ् डायरेक्टर्सहरूको एक सभा आज सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा बोर्डका सचिव योगेश गुरूङ प्रबन्ध निर्देशक भाष्कर बस्नेत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा विशेष गरेर १७ वटा मुख्य मुद्दाहरूमाथि छलफल गरियो। जसमा सिम्फेडको सेवा नियम २००८ हटाउन स्वीकृति, भविष्यका कर्मचारी मामिलामा सिम्फेडको उपनियमहरू पालना गरिने, राष्ट्रिय सहकारी निर्यात लिमिटेड, भारतीय बीज सहकारी समिति लिमिटेड र राष्ट्रिय सहकारी अर्गेनिक लिमिटेडको शेयर किन्ने स्वीकृति, चेरी मिर्च र बेसारको बजारीकरण गर्न अर्गानिक एग्रो इन्डियासँग एमओयूमा हस्ताक्षर गरिने, वेब-आधारित फाइल ट्र्याकिङ प्रणाली लगायत अन्यबारे छलफल भयो। यसरी बोर्डले अन्य पहलहरू लगायत केन्द्रीय निकायहरूबाट कोष सुरक्षित गर्न अर्गानिक उत्पादनको बजारीकरणका लागि डीपीआरको मस्यौदा तयार गर्ने विषयमा पनि छलफल गऱ्यो। यस बैठकले सहकारी सेवा र स्थानीय बजारको वृद्धि बढाउन सिम्फेडको अभियानमा अघि बढाउन पहल गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement