कोचबिहार: रेलको धक्काबाट एक युवकको मृत्यु भएको छ। आइतबार राति माथाभाङ्गाको खतेरबारी क्षेत्रमा यो दुखद घटना भएको हो। मृतक युवकको नाम सुरजित शील रहेको बताइएको छ।उनको घर शीतलकुची ब्लकको जटामारी क्षेत्रमा रहेको छ। सुरजित हिजो राति पसलबाट निस्किएपछि उनको लाश माथाभाङ्गामा रेलको छेउमा भेट्टायो।रेलको धक्काबाट उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। तर, उनी माथाभाङ्गामा किन आएका थिए भन्ने बुझेका छैनन्। लाश बरामद गरी पोष्टमार्टमका लागि माथाभाङ्गा शवगृहमा पठाइएको र माथाभाङ्गा पुलिस थानाले घटनाको अनुसन्धान सुरु गरेको पुलिसले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको छ।