सिलगढी: सिलगढी नगरनिगमको तर्फबाट आज मदर टेरेजाको ११२औं जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया लगायत अन्यले मदर टेरेजाको प्रतिकृतिमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै मदर टेरेजाको जीवनीबारे चर्चा-परिचर्चा पनि गरियो।