सिलगढीमा प्रतिबन्धित पटेकासहित एकजना पक्राउ

IMG-20241028-WA0240-copy

सिलगढी: दिवाली अघि आसिघर चौकी पुलिसलाई ठूलो सफलता हात लागेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा आइतबार राति सिलगढी मेट्रोपोलिटन पुलिसको आसिघर चौकीका पुलिसले डबग्राम नम्बर २ पूर्वी हटियाडांगा क्षेत्रको एक घरमा छापा मारेर ठूलो मात्रामा प्रतिबन्धित पटेका बरामद गरेको छ। घटनास्थलबाट एक जनालाई पुलिसले नियन्त्रणमा लिएको आसिघर चौकीले जनाएको छ। बरामद प्रतिबन्धित पटाकाको अनुमानित बजार मूल्य करिब ४० हजारदेखि ५० हजार रुपियाँ  रहेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। प्रतिबन्धित पटेका अभियुक्तले कहाँबाट ल्याएका थिए भन्ने आशिघर चौकी पुलिसले खोजी शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement