कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा पेट्रोल र डिजेलमा प्रति लीटर रु. २.८० र रु. २.०३ प्रति लीटर मूल्य भ्याल्यु एडेड ट्याक्स (भ्याट) घटाएकी छन्l केन्द्रले पेट्रोल र डिजेलमा प्रतिलिटर ९ र ७ अन्तःशुल्क घटाएको दुई दिनपछि राज्य सरकारको यो कदम आएको हो। पेट्रोलमा २.८० र डिजेलमा २.०३ रुपियाँ घटाइएको मुख्यमन्त्रीले बताएकी छन्। यससँगै मुख्यमन्त्रीले केन्द्र सरकारले उपकरमा किन छुट दिइरहेको छैन भनेर प्रश्न गरेकी छन्।