कोचबिहार एमजेएम मेडिकल कलेज एवं अस्पतालमा बिचौलियाको चक्र रोक्न विशेष अभियान शुरु

IMG-20241028-WA0262

कोचविहार: कोचबिहार एमजेएम मेडिकल कलेज एवं अस्पतालमा बिचौलिया गिरोहलाई रोक्न कोचबिहार कोतवाली थानाको पुलिसले आज विशेष अभियान चलायो। यो अभियानमा कतिपयलाई पक्राउ गरिएको छ।  अहिले कुनै पनि सरकारी वा निजी अस्पतालमा बिचौलियाको चहलपहल ह्वात्तै बढेको देखिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी र बिरामीका परिवारका सदस्यलाई समस्या परेको छ। बिचौलियाको यो चक्रका कारण बिरामी र तिनका परिवारले समस्या मात्रै नभई अस्पतालको मानहानि पनि बेहोर्नु परेको छ।  त्यसैले कोचबिहार एमजीएन मेडिकल कलेज तथा अस्पतालमा बिचौलिया गिरोह नहोस् भन्ने कुरालाई ध्यानमा राख्दै कोचबिहार कोतवाली थानाको पुलिसले सोमबार कोचविहार एमजीएन मेडिकल कलेज तथा अस्पताल बाहिर विशेष अपरेशन गरी कतिपयलाई पक्राउ गरेको छ ।

About Author

Advertisement