साहित्यकार हरेन आलेको निधन

IMG-20241028-WA0289

दार्जिलिङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव नेपाली साहित्य सम्मेलन दार्जिलिङको पूर्व अध्यक्ष साथै दार्जिलिङ जिल्ला पुस्तकालयको पूर्व अधिकारी हरेन आलेको निधन भएको जानकारी प्राप्त भएको छ। साहित्यकार हरेन आलेको पार्थिव शरीर भोलि १२ बजी नीजि बासस्थानबाट निकालेर नेपाली साहित्य सम्मेलन भवनमा श्रध्दाञ्जलीको निम्ति राखिने भएको छ। साहित्यकार हरेन आलेको अन्तिम दर्शनको निम्ति सबैलाई १२ अनि साढे १२ बजेको भित्रमा नेपाली साहित्य सम्मेलन भवनमा आइदिने अनुरोध गरिएको जानकारी प्राप्त भएको छ। साहित्यकार हरेन आलेको निधनले भारतीय नेपाली साहित्यलाई ठूलो क्षति पुगेको बताइएको छ। उनको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो फेसबुक पेजमार्फत् श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले आफ्नो शोक संवादमा साहित्यकार हरेन आलेको निधनले भारतीय नेपाली साहित्याकाशमा एउटा नक्षत्र गुमाएको बताएका छन्। उनले साहित्यकार हरेन आलेलाई श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

Advertisement