अप्पर मामरिङको जीर्ण अवस्थाको रहेको रोड विषयमा सभा सम्पन्न

IMG-20241028-WA0287

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङको माने डाँडादेखि लोवर मामरिङसम्म पुग्ने सडकको शिलान्यास गत वर्ष नै भए पनि आधाकल्चो काम गरेर जताततै भत्काएर झन कुरुप बनिएको भन्दै सडकको वर्तमान स्थितिले गर्दा सम्पूर्ण गाउँवासी लगायत चालकवर्गले गत केही समयदेखि निरन्तर रुपमा विरोध र असन्तुष्टि व्यक्त गरेपछि ठेकेदार र स्थानीयहरू जनप्रनिधिहरू र गाउँलेहरूमाझ सभा सम्पन्न भएको छ। सभामा ठेकेदार फुर्बा शेर्पा, पञ्चायत प्रधान समीर कार्की, पञ्चायत सदस्य रेबेका लामा, भागोप्रमो पार्टी प्रतिनिधि अनि ग्रामवासी र चालक संगठनमाझ सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त सभामा ग्रामवासी अनि चालकवर्गले उपस्थित ठेकेदार, पञ्चायत कर्मी र पार्टीका प्रतिनिधिहरुलाई रोडको अवस्था र रोड निर्माणको लागि भएको ढिलाई भईरहेको साथै शिलान्यासपछि काम नगरिएको र आधाकल्चो छोडिएको र जनसाधारणलाई धेरै असुविधा भईरहेको विषयमा विभिन्न प्रश्नहरु गरेको बताइएको छ।
सबैको प्रश्नको उत्तर दिने क्रममा समीर कार्कीले आगामी दिसम्बर महिनादेखि जसरी भए पनि काम शुरु हुने वचन दिएका छन्। तर ग्रामवासी र चालकवर्गले यदि सठीक वर्क अर्डर नआएको खण्डमा हामी काम गर्न दिने छैनौं कारण फेरि हामी झुक्किने छैनौं भने। हातमा वर्क अर्डर देखाएर मात्रै काम शुरु गरेको हुनु पर्ने जनाएकाछन्। सोही क्रममा ठेकेदार फुर्बा शेर्पालाई पनि सठीक वर्क अर्डर नै नआई तपाईंले कसरी स्काइभेटर लगाउनु भयो? भनेर प्रश्न गर्दा उनले यो कामको टेन्डर नै भएको छैन, वर्क डन प्रोसेसमा गर्ने प्रयास मात्रै थियो। हाम्रो धेरै बीलहरु रहल रहेको र वर्क डनकै भरमा करोडौं व्यय गर्नु उचित नहुँदा काम रोकिएको बताए।
पहिलेबाटै वचन दिएबापत यदि साँच्चै नै सही तरीकाले काम शुरु भएको खण्डमा ग्रामवासीको तर्फबाट पनि पूर्ण सहयोग रहने बताइएको छ। बाहिरका लेबरहरुको कमी भए गाउँबाटै पनि जति चाहिन्छ निस्कने छन् भनी पुनः वचन दिइएको बताइएको छ। सभालाई सञ्चालन गर्ने क्रममा चालक संगठनका महासचिव वसन्त राईले उपस्थित सबैलाई जनाए कि विगत बीस वर्षदेखि यो ठाउँमा कुनै मूलभूत विकासका कार्यहरु भएको छैन। सडकको यो जीर्ण अवस्था हुँदा समेत हामीलाई किन अवहेलना गरिएको हो? हामीलाई यातायात गर्न अति नै कष्ट भएर, रातदिन भोगिरहेको पिडाले बाँध नाघेपछि मात्रै हामीले विरोध र असन्तुष्टि जाहेर गरेका हौं। हामीले कुनै पार्टी र नेताको असक्षमताको विरोध गरेका होइनौं। हाम्रो संगठन नितान्त अराजनैतिक हो। अब अझ पनि विलम्ब हुन्छ भने हाम्रो समूह सम्बन्धित विभागको हरेक ढोकामा पुगेको हुनेछ अनि किन र कसरी हुन सकेन भनी जवाब माग्नेछ र सार्वजनिक गर्नेछ भनी बताए भनी रबीन खवासले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement