खरसाङको टुंग गैरी गाउँमा दशैँ-तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

IMG-20241028-WA0283

खरसाङ: खरसाङ खण्ड अन्तर्गत टुंग गैरी गाउँस्थित एचएमटी प्राङ्गनमा गैरी गाउँ सिङ्सा भोटिया युथ क्लबको आयोजनामा अनि गैरी गाउँ टुंग भोटिया एसोसिएशनको सहयोगमा दशैँ-तिहार सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा स्थानीय पञ्चायत प्रधान रोशनहाङ सुब्बा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा बुद्धिष्ट अल्पसङ्ख्यकको सभापति बिरेन तामाङ, गैरी गाउँ टुंग बुद्धिष्ट एसोसिएशनका अध्यक्ष थेबा भुटिया, हिमालयन एकाडेमी स्कूलका प्रिन्सिपल सुसान छेत्री, पञ्चायत सदस्य रञ्जु तामाङ अनि पासाङ शेर्पा, दार्जीलिङ कलेजका प्रोफेसर दावा भुटिया, खरसाङ कलेजका सह प्रोफेसर दावा शेर्पा लगायत अन्यहरू उपस्थित थिए। “सांस्कृतिक रेखाहरूमा एकता चम्किन्छ” विषय वस्तुलाई लिएर आयोजित कार्यक्रममा विविध जातिय संस्कृतिहरूलाई झल्काउँदै स्थानीय माने भञ्ज्याङ युथ क्लब, सिङ्सा, सुके पोखरी सिङसा युथ क्लब, सोनादा सिङ्सा युथ क्लब, घूम सिङसा युथ क्लब, गैरी गाउँ सीङ्सा युथ क्लब अनि टुंग युथ सिङ्सा क्लबका कलाकारहरूले गीत, नृत्य आदि प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन रिदु भोटिया अनि केसाङ भोटियाले गरेका थिए भने कार्यक्रममा सहभागी भएका क्लबहरूलाई स्मृति चिन्ह पनि प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement