दिलाराम साई सुन्दरम स्कूलका विद्यार्थीहरूद्वारा प्रशान्ति निलयममा सांस्कृतिक कार्यक्रम

IMG-20241028-WA0282

खरसाङ: गत २६ अनि ७ अक्टोबर पुट्टपर्थीको प्रशान्ति निलयममा भएको श्री सत्य साई स्कूलको सम्मेलनको अवसरमा दिलारामको साई सुन्दरम विद्यालयका विद्यार्थीहरूले साई कुलवन्त हलमा एक सास्कृतिक कार्यक्रम गर्ने अवसर प्राप्त गरेका थिए। उनीहरुले लाखेको कथामा आधारित नाटक प्रस्तुत गरेका थिए भने देवी कुमारीको चित्रण गरिएको नृत्य प्रस्तुत गरेका थिए। यो साई सुन्दरम विद्यालयका विद्यार्थी र कर्मचारीहरूका लागि धन्यको अवसर थियो। कार्यक्रमलाई रेडियो साई प्रशान्ति निलयमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो। कार्यक्रमको समापन कमल ज्योति विद्यालय, कालेबुङका विद्यार्थीहरुको लोक नृत्यले गरिएको थियो। नाटकको पटकथा निरपेन देव छेत्रीले लेखेका थिए, निर्देशन तेजन लेप्चाले गरेका थिए भने नाटकमा प्रयोग गरिएको प्रप्स राजु राईले गरेका थिए। पोशाकको जिम्मेवारी कृति प्रधान, रोशनी राई, सुम्मी शेर्पाको थियो। प्रितिला सुब्बा छेत्रीले देवी कुमारीको नृत्य कोरियोग्राफी गरेकी थिइन्। नाटकको संगीत अजनीश राईको रहेको छ भने ब्याकग्राउन्ड भिडियो कुन्दनराज राईको रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement