खरसाङ: अनुसूचित जाति महासंघको आयोजनामा आगामी २२ दिसम्बर सुकनामा अधिवेशन हुने भएको छ। जसको निम्ति सुकना मोडेल स्कूलमा एक सभाको आयोजना गरियो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय अनुसूचित जाति संघ अधिवेशनका महासचिव राजेश गजमेरले आफ्नो जाति र जातियतालाई बचाउन आगामी २२ दिसम्बरको दिन सुकुनामा संघले एक अधिवेशन गर्न लागेको जनाए। तिनले यो अधिवेशन २१ अनि २२ दिसम्बर दुइ दिन गरिने भनिए तापनि कतिपय असुविधा र कारणवश केवल एकदिन २२ दिस्मबरमा गरिने निर्णय लिएको जनाए। तिनले यस अधिवेशनमा सबै अनुसूचित जातिहरूलाई उपस्थित भएर आफ्नो जातियताको परिचय दिने आग्रह पनि गरे। गजमेरले आज अनुसूचित जातिहरूले सरकारबाट पाउनुपर्ने सहुलियतहरू आजपर्यन्त पाउनबाट वञ्चित बनिरहेको अवगत गराउँदै अब हाम्रा भावी पुस्ताका नानीहरूले यसरी वञ्चित बन्न नपरोस् भन्दै हामीले के कस्ता सहुलियत र सुविधाबाट वञ्चित बन्न परेको छ भन्ने विषयलाई जानकारी गराउन पनि यो अधिवेशन गरिएको जानकारी दिए। तिनले हाम्रो जातिय एकतालाई देखाउन पनि यस अधिवेशनमा भारतभरि छरिएर बसेका अनुसूचित जातिका सबै सदस्यहरूलाई उपस्थित भइदिने आग्रह गरे। त्यसरीनै अनुसूचित जाति संयुक्त महासंघका सल्लाहकार पुरण कुमार लोहार, अधिवेशनका सभापति राजु सुनार लगायत अन्यहरूले पनि अधिवेशन गरिनुको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै अब कुनै पनि अवस्थामा अनुसूचित जातिहरू विछिन्न हुनुहुँदैन भन्दै आफ्नो हक, अधिकार र सहुलियतको निम्ति एकबद्ध हुनुपर्छ भनी जनाए। तिनीहरूले आगामी २२ दिसम्बर सबैले आफ्नो एकताको परिचय दिन सुकुनामा भेला हुनुपर्छ भनी आह्वान गरे।