विराटनगर: गोरखाबाट विराटनगर आईपुगेका कैलाशकुमार गुरुङलाई कुटपिट गरेर सख्त घाईते बनाउने कार्यमा संलग्न आरोपमा प्रहरीले विराटनगर ११ घर भएका राजकुमार सहनीलाई पक्राउ गरेको छ।
अक्टूबर २०को बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभङ्ग बनाएको आरोपमा २४ वर्षीय ‘बब’ भनिने सहनीलाई पक्राउ गरिएको हो।
गुरुङलाई कुटपिट गरेर उनको दुवै हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले घटनास्थलको सुक्ष्म अवलोकन तथा अनुसन्धान, गोप्य रुपमा सोधपुछ तथा सिसी टीभि फुटेज समेतको अध्ययन÷विश्लेषण गर्दा घटनामा संलग्नको पहिचान खुलेको थियो।
‘बब’ भनेर चिनिने २४ वर्षीय राजकुमार सहनीले घटना घटाएको तथ्य स-प्रमाण खुलाएको प्रहरीले बताएको छ। उनलाई बिराटनगर-११, बसपार्कबाट नियन्त्रणमा लिई “कुटपिट तथा अंगभंग” शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरी डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्।