नयाँ निसान मेग्नाइटको साथमा बी-एसयूभी सेगमेण्टमा सबैभन्दा किफायती मेण्टनेन्सको वाचा

IMG-20241025-WA0139

काेलकत्ता: निसान मोटर इण्डियाले आफ्नो नयाँ बी-एसयूभी (B-SUV) अफरको घोषणा गरेको छ। नयाँ मेग्नाइटको मरम्मती लागत ३९ पैसा प्रति किलोमिटर (५०,००० किलोमिटरसम्म) हुनेछ, जुन सेगमेण्टमा सबैभन्दा कम्ती हो। यसले देशभरका ग्राहकहरूको लागि ठूलो मूल्य सुनिश्चित गर्नेछ। यसका साथै ग्राहकले ३ वर्ष (१,००,०० किलोमिटर) को स्ट्याण्डर्ड वारण्टीसहित मानसिक शान्ति पनि प्राप्त गर्न सक्नेछन्। यो वारण्टी न्यूनतम लागतमा ६ वर्ष (१,५०,००० किलोमिटर) सम्म पनि विस्तार गर्न सकिन्छ। यो विस्तारित वारण्टीले नयाँ गाड़ीको वारण्टी जस्तै पार्ट्स रिपेयरिंग र अन्य खर्चहरू समावेश गर्दछ। थप लाभहरूमा नयाँ निसान म्याग्नाइटको साथ देशभरका सबै अधिकृत सेवा केन्द्रहरूमा राष्ट्रव्यापी क्यासलेस रिपेयरिंग, असीमित संख्यामा क्लेम र चारवटा लेबर फ्री सर्विसको सुविधा सामेल छ।
निसान मोटर इण्डिया प्राइभेट लिमिटेड (NMIPL) का प्रबन्ध निर्देशक सौरभ वत्सले भने, “हामीले निसानमा गर्ने हरेक कामको केन्द्रबिन्दु ग्राहकको सन्तुष्टि हो। हामी उनीहरूलाई हाम्रा उत्पादनहरू र सेवाहरू मार्फत ड्राइभिङ र स्वामित्व सुगमअनुभव प्रदान गर्न तत्पर छौं। अनलाइन सेवा बुकिंग, निसान सेवा कस्ट क्याल्कुलेटर र हाम्रो व्यापक डिजिटल इकोसिस्टम सहित प्री-परचेज र बिक्रीपछि सेवाहरूको हाम्रो परिधिले सवारीको इको सिस्टमले पारदर्शिता र सुविधा सुनिश्चित गर्दछ। निसान शुरुदेखि अन्त्यसम्म सेवामा कुनै सम्झौता नगरी आफ्ना ग्राहकहरूप्रति पूर्ण प्रतिबद्ध छ। हामी हाम्रा ग्राहकहरूलाई अद्वितीय मूल्य प्रदान गर्दछौं र उनीहरूको ब्राण्ड अनुभवलाई समृद्ध गर्न प्रयास गर्छौं। निसान इण्डियाले ‘निसान म्याग्नाइट केयर’ को रूपमा प्रिपेड मेण्टनेन्स प्लान पनि उपलब्ध गराउँदैछ, जसले २१ प्रतिशतसम्मको बचत प्रदान गर्न सक्छ। यो सरल योजनाले महँगो मर्मत नगरी आफ्नो सवारी साधनको कार्यसम्पादन र आरामलाई कायम राख्दै ग्राहकहरूले जेनुइन पार्ट्स र डायगोनेस्टिक टूल्ससँग विशेषज्ञ हेरचाह प्राप्त गर्ने सुनिश्चित गर्दछ। यो प्रिपेड प्लान दुई श्रेणीमा उपलब्ध छ। ‘गोल्ड’ योजना व्यापक मेण्टनेन्सको लागि हो र ‘सिल्भर’ योजना बेसिक सर्विसिंगका लागि हो। कार सेकेण्ड ह्याण्ड बिक्री गर्दा, यो योजना नयाँ कार मालिकलाई पनि हस्तान्तरण गर्न सकिन्छ, जसले रीसेल भ्याल्यू बढ़ाउनेछ। यसको साथमा नयाँ म्याग्नाइटमा ३ वर्ष/१ लाख किलोमिटरको मानक वारण्टी पनि छ, जसले ग्राहकहरूलाई मनको शान्ति र उत्कृष्ट कार स्वामित्व अनुभव सुनिश्चित गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement