पीसीबी-सँग मतभेदपछि ग्यारी कर्स्टनले छोड़े प्रशिक्षक पद

IMG-20241028-WA0257

कराची: सीमित ओभरहरूका प्रारूप (वनडे र टी२०)-मा पाकिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले आफ्नो नियुक्तिको ६ महिनाभित्र नै पदबाट राजीनामा दिएका छन्। मीडिया रिपोर्टहरूमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-का अधिकारीहरूसँग मतभेदपछि कर्स्टनले पद छोड़ेको दावी गरिएको छ। भारतलाई २०११-को वनडे वर्ल्ड कपमा च्याम्पियन बनाउने प्रशिक्षक ५६ वर्षीय कर्स्टनले यस साल अप्रेलको अन्तमा पाकिस्तान क्रिकेट टीमको जिम्मेवारी लिएका थिए। दक्षिण अफ्रिकाका यस पूर्व क्रिकेटर पीसीबी-को नीतिहरूसँग असन्तुष्ट थिए। अहिले उनले पद छोड़ेपछि अष्ट्रेलिया यात्रामा खेलिने सीमित ओभरहरूका ६ वटा म्याचको निम्ति जेसन गिलेस्पीलाई टीमको जिम्मेवारी दिइएको छ। पीसीबी-ले सोशल मीडियामा लेखेको छ, पाकिस्तान क्रिकेट बोर्डले आज अष्ट्रेलिया यात्रामा जेसन गिलेस्पी टीमको मुख्य प्रशिक्षक हुने घोषणा गरिरहेको छ। ग्यारी कर्स्टनले आफ्नो राजीनामा सुम्पिएका छन्, जसलाई स्वीकार गरिएको छ।
रिपोर्टअनुसार, कर्स्टनले टेस्ट टीमका मुख्य प्रशिक्षक जेसन गिलेस्पी र पीसीबी-सँग मतभेदले गर्दा आफ्नो पद छोड़ेका छन्। पीसीबी-ले यसअघि दुवै प्रशिक्षकबाट टीमको चयन सम्बन्धी अधिकार खोसेको थियो। पीसीबी-को यस्तो फसेलाले दुवै प्रशिक्षक निराश थिए। यसमा गिलेस्पीले चाहिँ स्पष्ट रूपले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। टीमको चयनलाई पीसीबी-ले चयन समितिको सीमित क्षेत्र बनाएको छ। पाकिस्तान क्रिकेट टीममा सामेल हुन अघि कर्स्टन इण्डियन प्रीमियर लीग फ्रेञ्चाइजी गुजरात टाइटन्समा ब्याटिंग प्रशिक्षक थिए। पाकिस्तानको टीम ३ वटा वनडे र ३ वटा टी२० म्याचको सीरीज खेल्न आउँदो हप्ता अष्ट्रेलिया यात्रामा जानेछ। पाकिस्तानले हालै सम्पन्न टेस्ट सीरीजमा ईंग्ल्याण्डलाई २-१-ले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement