बलत्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरे

IMG-20241028-WA0261

घोराही: दाङको भालुवाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन्।
वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका-४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन।
वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।
बालिका बलात्कार आरोपमा पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए।
गत अक्टूबर १०मा पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement