स्पेनिश ला लीगाः एट्लेटिको म्याड्रिडको निराशाजनक हार

IMG-20241028-WA0252

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा एट्लेटिको म्याड्रिडले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडलाई रियल बेटिसले १-०-ले पराजित गऱ्यो। ला लीगाको जारी सीजनमा यो एट्लेटिकोको पहिलो हार हो। आफ्नो होम ग्राउण्डमा खेलिरहेको रियल बेटिसलाई एट्लेटिको म्याड्रिडका डिफेण्डर जोसे मारिया गिमिनेजको आत्मघाती गोलले बढ़त दिलायो। गिमिनेजले चौथो मिनटमा आत्मघाती गोल गरे। त्यही एक गोलको सहायताले रियल बेटिस म्याच जित्न सफल भयो। एट्लेटिको म्याड्रिड यस हारपछि ११ वटा म्याचमा २० पोइण्ट्सको साथ चौथो स्थानमा रहन पुग्यो। यसरी रियल बेटिस १८ पोइण्ट्स लिएर पाँचौं स्थाानमा रहेको छ। यसरी ओसासुनाले रियल सोसिएदादविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमले दुवै गोल मध्यान्तर अघि हासिल गऱ्यो। ओसासुना अहिले १८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा छैटौं स्थानमा रहेको छ। यसबाहेक गेटाफे र भेलेन्सियाबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement