काठमांडू: सरकारले आजबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचारलाई निःशुल्क गर्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज(सोमबार) को मन्त्रीस्तरीय निर्णयबाट कान्ति बाल अस्पताल काठमाण्डौ, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा यो सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।








