सिलगढी: सिलगढीको विवेकानन्द क्लबले जामदानी साडीबाट पूजा मण्डप बनाएर मानिसहरूको ध्यान आकर्षित गर्न लागेको छ। हरेक वर्ष नयाँ विषयवस्तुका साथ विवेकानन्द क्लबले शहरवासीहरूको ध्यान आकर्षण गर्ने गरेको छ। यस वर्ष पनि उनीहरुको विशेष आकर्षण जमदानी साडीले बनेको पूजा मण्डप हो। जामदानी सारीको परम्परालाई उजागर गर्नका लागि आयोजकहरूले यो पहल गरेका हुन्। यस पुजा मण्डपले नगरवासीहरुको ध्यानाकर्षण गराउने क्लबका सदस्यहरुको अपेक्षा छ।









