पटेकाको अवैध कारोबार, एक पक्राउ

Capture1-17

सिलगढी: स्टेशनरी पसलको आडमा पटेकाको अवैध कारोबार भइरहेको थियो। सिलगढी पुलिस स्टेशनले छापा मारेर एक जनालाई पक्राउ गरेको छ। दीपावली अघि विभिन्न ठाउँमा अवैध रुपमा प्रतिबन्धित पटेका बिक्री हुने गरेको छ। त्यही भएर सिलगढी महानगरीय पुलिसका विभिन्न थानाबाट अभियान चलाइएको छ। सिलगढी पुलिस स्टेशनले आइतबार सिलगढीको मिलनपल्ली क्षेत्रको स्टेशनरी पसलमा छापा मारेर प्रतिबन्धित पटेका बरामद गरेको छ। घटनामा एक जनालाई पनि नियन्त्रणमा लिएको छ। पुलिसको यो अभियान आगामी दिनमा पनि जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement