चोरीको मोटरसाइकल बरामद, एक पक्राउ

IMG-20241028-WA0232

सिलगढी: पुलिसले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ। अभियुक्तको नाम मोहम्मद हसिरुल हो। १२ अक्टोबर अशोकनगर इलाकाबाट मोटरसाइकल चोरी भएको बताइएको छ। घटनापछि मोटरसाइकल मालिकले एनजेपी पुलिस थानामा लिखित उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पुलिसले अनुसन्धान थालेको थियो।

सूचनाको आधारमा आइतबार राति पुलिसले मोड बजारमा छापा मारेर चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो। आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement