सिलगढी: इन्डियन मेडिकल एसोसिएसन र हिमालयन नेचर एण्ड एडभेन्चर फाउन्डेसनले पटेका बन्द गर्ने बारे जनचेतनामूलक पदयात्रा आयोजना गरेका छन्। दुवै संस्थाले संयुक्त रुपमा आगामी दिपावली पर्वलाई हानिकारक पटेका बिना मनाउन आह्वान गरेका छन्। दीपावली उज्यालोको पर्व भएकाले पटेका प्रदुषण नगर्न सबैलाई अपिल गरिएको छ। सोमबार बिहान सिलगढीको कञ्चनजङ्घा स्टेडियम अगाडिबाट सुरु भएको जनचेतना रेलीमा डाक्टर वा संस्थाका सदस्य मात्र नभएर विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए।

यस पदयात्रामार्फत जनतालाई चर्को स्वरमा निषेधित पटाका नकिन्न, सरकारले स्वीकृत भएका पटाका मात्र जलाउने, प्रदूषण घटाउने र खुसीयाली मनाउन सचेत गराएको थियो।










