सरकारी बस दुर्घटनामा कैयौं यात्रु घाइते

IMG-20241028-WA0192

जलपाईगुडी: सोमबार बिहान ७ बजे जलपाईगुडी-सिलगढी राष्ट्रिय राजमार्गको गोसाला टर्नमा सरकारी बस दुर्घटनामा पर्दा धेरै यात्रु घाइते भएको आधिकारिक स्रोतले जनाएको छ। खबर पाएलगत्तै पुलिस र ट्राफिक पुलिस घटनास्थल पुगेका थिए। प्राप्त जानकारी अनुसार तीव्र गतिमा रहेको सरकारी बसले ट्राफिक संकेत उल्लङ्घन गरी नियन्त्रण गुमाएर लरीसँग ठोक्किएको हो।धक्काका कारण बसको सिसा फुटेर यात्रुमाथि खसेको थियो। प्रारम्भिक रुपमा धेरै मानिसहरु घाइते भएको थाहा भएको छ। बस जलपाईगुडीबाट मालबजारतर्फ गइरहेको बताइएको छ। तर, व्यस्त ट्राफिक चोकमा ट्राफिक पुलिसको उपस्थिति हुँदा पनि दुर्घटना कसरी भयो भन्ने प्रश्न उठेको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement