लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड र टोटनह्यामले हारको सामना गर्नु पऱ्यो। यसबीच लिभरपूलले आर्सनललाई ड्र-मा रोक्यो। आइतवार राति खेलिएको लिभरपूल र आर्सनलबीचको म्याच २-२-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा २ पल्ट बढ़त हासिल गरेर पनि आर्सनलले म्याच जित्न सकेन। आर्सनलको तर्फबाट बुकायो साकाले नवौं मिनटमा गोल गरे। त्यसपछि वर्जिल भान डिज्कले १८औं मिनटमा गोल गरी लिभरपूललाई १-१-को बराबरीमा पुऱ्याए। आर्सनलले पनि आक्रामक फूटबल खेल्दै मध्यान्तर अघि फेरि बढ़त हासिल गऱ्यो। होम टीमबाट मिकेल मेरिनोले ४३औं मिनटमा दोस्रो गोल गरे। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेले पनि एक समय लिभरपूल हारको सम्मुखीन हुने लागिरहेको थियो तर अनुभवी मोहमेद सालाहले ८१औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। यस ड्र पछि लिभरपूल ९ वटा म्याचमा २२ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी तेस्रो स्थानमा रहने आर्सनलसँग १८ पोइण्ट्स रहेको छ।
यसबीच खराब फर्ममा रहने म्यानचेष्टर युनाइटेडले वेष्ट ह्यामविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो, जसमा ९० मिनटसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा पेनल्टीबाट गोल गगरी जेरोड बोवेनले होम टीम वेष्ट ह्यामलाई रोमाञ्चक जीत दिलाए। यसअघि वेष्ट ह्यामबाट क्रिसेन्सियो समरविलेले ७४औं मिनटमा गोल गरे। यसरी म्यानचेष्टर युनाइटेडबाट एकमात्र गोल कासेमिरोले ८१औं मिनटमा गरे। प्रीमियर लीगको जारी सीजनमा चौथो हारको सम्मुखीन भएपछि म्यानचेष्टर युनाइटेड ११ पोइण्ट्सको साथ १४औं स्थानमा रहन पुग्यो। यसरी वेष्ट ह्याम ११ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा १३औं स्थानमा रहेको छ। चेल्सीले चाहिँ गत म्याचको हारलाई भुलेर आइतवार राति न्यूक्यासलविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट निकोलस जेक्सनले १८औं र कोल पाल्मरले ४७औं मिनटमा गोल गरे। यसरी न्यूक्यासलबाट एलेक्जेण्डर इसाकले ३२औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी १७ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। टोटनह्यामले चाहिँ क्रिस्टल प्यालेसविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि टोटनह्यामले गोल गर्न सकेन। यसको विपरीत जीन-फिलिपे माटेटाले ३१औं मिनटमा दिलाएको गोलले क्रिस्टल प्यालेसलाई जीत दिलायो। यस हारपछि टोटनह्याम १३ पोइण्ट्स लिएर आठौं स्थानमा रहन पुग्यो। यसरी क्रिस्टल प्यालेस ६ पोइण्ट्सको साथ १७औं स्थानमा रहेको छ।