भारतीय क्रिकेटरहरूलाई प्रत्येक अभ्यास सत्रमा हाजिर रहने निर्देश

IMG-20241028-WA0180

नयाँ दिल्ली: न्यूजील्याण्डविरुद्ध पहिलो २ वटा टेस्ट म्याचको हारले भारतीय क्रिकेट जगतमा खलबली मचाएको छ। भारतविरुद्ध ३ वटा टेस्ट म्याचको सीरीजमा न्यूजील्याण्डले ०-२-को अजेय बढ़त हासिल गरिसकेको छ। यसरी भारतले १२ सालपछि घरेलु मैदानमा सीरीज हारको सामना गर्नु परेको छ। सीरीजको पहिलो दुईवटा टेस्ट म्याचमा हारपछि भारतीय टीम म्यानेजमेण्टले पनि कठोर कदम उठाउँदै सबै खेलाड़ीहरूका निम्ति वैकल्पिक प्रशिक्षण सत्रलाई रद्द गरेको छ, जसमा कप्तान रोहित शर्मा र विराट कोहलीको साथमा जसप्रीत बुमराह जस्ता दिग्गज खेलाड़ीहरू पनि सामेल छन्। परम्परागत रूपले खेलाड़ीहरूका निम्ति एउटा प्रशिक्षण सत्रलाई वैकल्पिक राखिन्छ। यसरी टीमका शीर्ष ब्याटर र पेस बलरहरूले साधारणत त्यस सत्रलाई छोड़्ने गर्छन् अनि आफूलाई केवल हल्का प्रशिक्षणमा सीमित राख्छन् तर अब त्यस्तो हुनेछैन। एउटा रिपोर्ट अनुसार टीम म्यानेजमेण्टले हरेक खेलाड़ीबाट अभ्यास सत्र छोड़्ने विकल्प खोसेको छ। टीम प्रबन्धनले प्रत्येक खेलाड़ीलाई ३० र ३१ अक्टोबरमा हुने दुईदिने अभ्यास सत्रमा उपस्थित रहने निर्देश जारी गरेको छ। यो अनिवार्य हुनेछ अनि यसलाई कसैले छोड़्न सक्नेछैनन्। सीरीजमा ०-२-ले पछि रहे पनि भारतको निम्ति वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल खेल्ने दौड़मा कायम रहन मुम्बईमा खेलिने तेस्रो तथा अन्तिम टेस्ट म्याचमा जीत हासिल गर्नु जरूरी छ। सीरीजमा अझ एउटा हारले भारतले लगातार तेस्रोपल्ट वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल खेल्ने सम्भावनालाई झट्का लाग्नेछ। यसैकारण प्रशिक्षक गौतम गम्भीरको साथमा टीम म्यानेजमेण्टका अन्य सदस्यहरू हरेक खेलाड़ीले अभ्यास सत्रहरूमा हिस्सा लिएको हेर्न चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement